‘मोन्था’ चक्रवातको प्रभावस् हेटौँडामा बिहानैदेखि वर्षा

संवाददाता
१४ कार्तिक २०८२, बिहीबार १०:०५

बङ्गालको खाडीमा उत्पन्न भएको ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमासमेत देखिन थालेको छ । मोन्थाको प्रभावका कारण बुधबार बिहानैदेखि मकवानपुरसहित बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

हेटौँडामा बिहानैदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बङ्गाल हुँदै नेपालतर्फ सरिरहेको छ ।

यसले विशेषगरी बागमती, कोशी, मधेस र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो ।

विभागका पूर्वानुमान शाखाले आगामी २४ घण्टासम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना जनाएको छ । वर्षासँगै कतिपय ठाउँमा पहिरोको जोखिम पनि बढेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*