बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

संवाददाता
१९ जेष्ठ २०८३, मंगलवार ०५:५०

बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सभाको मङ्गलबार बसेको बैठकले सरकारको नीति कार्यक्रम बहुमतले पारित गरेको हो।

प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम निर्णयार्थ पेस गर्दछु भन्ने प्रस्ताव माथि प्रदेश सभाका बहुमत सदस्यहरूले हुन्छ भनेर पारित गरेका थिए । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्‌मा पेस गरेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री बानियाँले प्रस्तुत गरेको उक्त प्रस्तावलाई उपसभामुख चापागाईँले निर्णयार्थ प्रस्तुत गरेका थिए। सभामुख पाठकले प्रस्तुत गरेको उक्त प्रस्तावलाई प्रदेशसभा बैठकमा उपस्थित बहुमत सदस्यहरूले हुन्छ भनेर स्वीकृत गरेका थिए।

जेठ १२ गते बसेको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति कार्यक्रम माथि जेठ १८ गतेदेखि बसेको बैठकमा निरन्तर छलफल भइरहेको थियो। सरकारको नीति कार्यक्रम माथि भएको लगातार २ दिनसम्मको छलफलमा भएको थियो ।

छलफलका क्रममा सरकारले प्रदेशको एकल अधिकारको सूचीमा रहेका क्षेत्रहरुमा बजेट केन्द्रित गर्नुपर्ने सांसदको माग रहेको छ। प्रदेश सरकारले विगतको असमान बजेटलाई व्यवस्थित र सन्तुलित बनाउनुपर्ने चुनौती रहेकाले गम्भीरताका साथ नागरिकहरू प्रति लक्षित हुन उनीहरुले आग्रह गरे।

राजस्वका दर र दायरा, उच्च शिक्षा, सहज स्वास्थ्य सेवा, खानेपानीको आपूर्ति, रोजगारी र उत्पादन तथा उत्पादकत्व वृद्धिका विषयमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको उनीहरूको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*