बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त

संवाददाता
२ चैत्र २०८२, सोमबार १८:४३

बागमती प्रदेश लोकसेवा आयोगको रिक्त सदस्य पदमा काठमाडौं– १० नयाँ बानेश्वरनिवासी पुनम घिमिरे नियुक्त भएकी छिन् । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार दिउँसो घिमिरेलाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन् ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा (२) अनुसार उनलाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नियुक्तिपछि उनलाई सोमबार नै आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथग्रहण कार्यक्रममा इन्द्रबहादुर बानियाँ, किरण थापा मगर तथा जयराम थापालगायतको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश लोकसेवा आयोग प्रदेश सरकारअन्तर्गतको संवैधानिक निकाय हो, जसले प्रदेश तथा स्थानीय तहका विभिन्न सेवाका लागि कर्मचारी छनोट र सिफारिस गर्ने जिम्मेवारी वहन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*