हेटौंडामा अवैध कन्सल्टेन्सीमाथि प्रशासनको कडा निगरानी, थप तीन वटा बन्द

संवाददाता
५ जेष्ठ २०८३, मंगलवार १९:०५

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा गैरकानुनी रूपमा सञ्चालन भइरहेका शैक्षिक कन्सल्टेन्सीविरुद्ध निगरानी तीव्र बनाएको छ। सोमबार गरिएको संयुक्त अनुगमनका क्रममा दर्ताविना सञ्चालनमा रहेका थप तीन वटा कन्सल्टेन्सी बन्द गराइएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीले हेटौंडाका विभिन्न क्षेत्रमा सञ्चालित १३ वटा कन्सल्टेन्सीको निरीक्षण गरेको थियो। त्यस क्रममा सरकारी निकायमा दर्ता नै नगरी सञ्चालन भइरहेका ‘मेन्टर एजुकेशन’, ‘ग्यालेक्सी कोरियन पाठशाला’ र ‘स्टुडेन्ट डेस्टिनी’ लाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको हो। केही अन्य संस्थालाई भने आवश्यक कागजात मिलाउन चेतावनी दिइएको प्रशासनको भनाइ छ।यसअघि पनि गत शुक्रबार तीन वटा अवैध कन्सल्टेन्सीमाथि कारबाही गरिएको थियो।

प्रशासनले अब दर्ताविहीन संस्थामात्र नभई अनुमति प्राप्त कन्सल्टेन्सीहरूको कागजात, नवीकरण प्रक्रिया तथा सञ्चालन प्रणालीसमेत विस्तृत रूपमा जाँच गरिने स्पष्ट पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*