बागमती प्रदेशमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

संवाददाता
३ आश्विन २०८२, शुक्रबार १३:०५

संविधान जारी भएको १० वर्षको अवसरमा बागमती प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेश सरकारले १० औँ संविधान दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाएको हो ।

शुक्रबार प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । प्रदेश सरकारका मन्त्री तथा सांसद, कर्मचारीहरूको उपस्थितिमा दिवस मनाइएको हो ।

प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता एवम् पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनाल लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय भएको जेन जी आन्दोलनका कारण महत्वपूर्ण क्षती व्यहोरेको बागमती प्रदेशको संविधान दिवसको कार्यक्रम समेत प्रभावित भएको छ । यसअघिका वर्षमा र्‍याली सहित बजार परिक्रममा गरी विभिन्न कार्यक्रम सहित सम्पन्न हुने दिवसको कार्यक्रम यसपटक औपचारिक समारोहमा मात्र सीमित बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*