बागमती प्रदेश सभा : बैठक बस्दै नबसी १९ गतेका लागि सर्‍यो

संवाददाता
१६ असार २०८२, सोमबार १९:१७

बागमती प्रदेश सभाको सोमबारको बैठक स्थगित भएको छ। सोमबारदेखि बजेटमाथि छलफल गर्ने गरी बोलाइएको बैठक बस्दै नबसी आउँदो १९ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको हो।

सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक बस्न नसकेपछि अपरान्ह ४ बजेका लागि सारिएको थियो। सोमबारको प्रदेश सभा बैठक पनि सत्तारूढ दलहरूकै आन्तरिक असमझदारीका कारण बस्न नसकेको हो।

यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*