कैलाशको केउरेनी-धुसा र पकनी पूर्ण सरसफाइ घोषणा 

संवाददाता
२५ जेष्ठ २०८२, शनिबार १५:०८

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी(धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको छ। नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले दुवै वडाका केउरेनी–धुसा र पकनीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरेका हुन्।

उनले राज्यको एक घर एक धारा भन्ने नीतिअनुरूप नै गाउँपालिकाले साझेदार संस्थाहरूसँगको सहकार्यमा सरसफाइ र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको व्यवस्था गरिरहेको बताए। ‘हामीले अन्य वडाहरूमा पनि घोषणा गर्दै आइरहेका छौँ। सूचकहरू पूरा भएका अन्य क्षेत्रको घोषणाको तयारीमा छौँ,’ अध्यक्ष मुक्तानले भने।

दिगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनै पनि कसर नराखी काम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे। उनले पानीका मुहानको बिमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए। ‘मुहान संरक्षणमा समुदायको ठुलो हात रहन्छ। हामीले खानेपानी बोर्ड स्थापना गरी पालिकाभर दिगो रूपमा सञ्चालन हुने मुहानको पहिचान गरि संरक्षण गर्ने तयारी गरिसकेका छौँ,’ उनले भने।

वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनीधुसा क्षेत्रका ७८ र पकनीका ८७ घरधुरीमा धारा जडानसहित फिल्टरसमेत वितरण गरिएको छ। यसअघि कैलाशका विभिन्न वडाका ७ वटा क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिसकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*