गैरीगाउँमा भासिएको गाडीको केही भाग भेटियो 

संवाददाता
७ जेष्ठ २०८२, मंगलवार १८:४५

हेटौँडाको गैरीगाउँमा जमिन भासिएर बेपत्ता भएको गाडी पुनः खोज्न थालिएको छ। गत १९ वैशाखमा जमिन भासिएर हराएको बोलेरो गाडी खोज्न एक्स्काभेटर प्रयोग गरिएको हो।

मंलबारबाट खोजी थालिएको माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बोलेरो गाडीको केही भाग फेला परेको छ। गाडी भासिएर बेपत्ता भएपछि हेटौँडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भ विभागबाट भूगर्भविदको टोली झिकाएर अध्ययन गरिएको थियो।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चारजनाको टोलीको अध्ययनले उक्त क्षेत्रमा रहेको बोरिङका कारण भासिएर गाडी हराएको निष्कर्ष निकालेको थियो। सोहीअनुसार विभागबाट पुनः २ जेठमा भूगर्भशास्त्रीको टोली खटिएर अनुसन्धान गरी माटो परिक्षणका लागि नमुना संकलन गरेको थियो।

माटो परीक्षणको रिपोर्ट र भूगर्भशास्त्रीको रिपोर्टअनुसार ६ जेठबाट सतर्कता अपनाई गाडी भासिएको स्थानमा जेसिबी प्रयोग गरेर गाडी खोज्ने थालिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए।

उनले भूगर्भविदको टोलीले उक्त स्थानमा उत्खनन गरी सवारीसाधन खोजी गर्न सकिने सुझाव दिएअनुसार नै उत्खनन कार्य गरिएको बताए। वडाध्यक्ष कोइरालाका अनुसार क्रेन र एक्स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको खोजी गर्दा गाडीका केही पार्टपूर्जासमेत भेटिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*