अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा

संवाददाता
१२ बैशाख २०८२, शुक्रबार १८:४२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पताल निर्माण गरेर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता नहुने बताएका छन् । उनले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चितताको लागि सबै क्षेत्रले गम्भीरताका साथ लिनु पर्ने बताए ।

हेटौँडामा शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिका सार्वजनिकीकरण गर्दै मुख्यमन्त्री लामाले सबै मन्त्रालयहरूले नागरिकको स्वास्थ्य प्रति सचेत रहेर विकास आयोजना सञ्चालन गर्नुपर्ने बताए ।

उनले आगामी बजेटमा स्वास्थ्य नीतिलाई प्राथमिकतामा राखेर मन्त्रालयहरूले विकास बजेट तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘अस्पताल भवन बनाएर औजार उपकरण किनेर मात्र नागरिकको स्वास्थ्य अधिकार प्राप्त हुँदैन । सबै मन्त्रालयहरूले नागरिकको स्वास्थ्यको अधिकार प्रति गम्भीरताका साथ लिनुपर्छ ।’ उनले भने, ‘सबे मन्त्रालयहरूले बजेट कार्यक्रममा स्वास्थ्य अवस्थालाई मध्ये नजर गरेर विकास आयोजना सञ्चालन गर्नुपर्छ । वन, वातावरण, भौतिक पूर्वाधार, यातायात, खानेपानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्धारण सहित कार्यक्रम अघि बढाउनुपर्छ ।’
सरकारले विकास आयोजना र सेवा प्रवाहलाई पनि स्वास्थ्यका हिसाबले महत्वका साथ लिएको उनले बताए । प्रदेश सरकारले विकास आयोजनालाई सन्तुलित र व्यवस्थित पमा अघि बढाउन सबै नीतिमा स्वास्थ्य नीति लागु गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*