कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

संवाददाता
१२ बैशाख २०८२, शुक्रबार १८:२७

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ।

सडक मर्मत गर्नुपर्ने भएकाले बैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ती लोकपथमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ।

सूचनाअनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडकको चौडाई विस्तारको कार्य भइरहेको छ।

ठिंगन–बगुवा सडक खण्डअन्तर्गत गंगटे नजिकैको भ¥याङडाँडामा सडकको चौडाई विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडक खण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो।

दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकाले सो अवधिमा काठमाडौं–हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। सो सडक कान्ती लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरमार्फत् ठेक्का लागेर एमएस सर्वशक्ति पञ्चकन्या सनस्टार जेभीले निर्माण गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*