महिला प्रहरी ब्यारेक भवनको उद्घाटन

संवाददाता
१० बैशाख २०८२, बुधबार १९:१९

जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण भएको सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन गरिएको छ। भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेका हुन् । तीन तले सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवन कुल एक करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीको क्रियाशिलता र सेवा प्रवाहमा कमी नहोस् भन्ने उदेश्यले प्रदेश सरकारले यसको भौतिक र प्राविधिक क्षेत्रमा लगानी गरिरहेको बताए।

प्रहरी प्रदेश सरकारको मातहतमा आइनसकेको भएपनि संघीयता कार्यान्वयन भएदेखि नै प्रदेश सरकारले भने लगानी गरिरहेको उनको भनाइ छ ।‘२०७५ सालमा संघीयता कार्यान्वयनमा आएदेखि नै हामीले प्रदेश प्रहरी सेवा र पूर्वाधारमा कमी नहोस् भनेर निरन्तर लगानी गर्दै आएका छौं । हालसम्म प्रदेश सरकारकातर्फबाट नेपाल प्रहरीको ७१ वटा भौतिक पूर्वाधार निर्माणमा ३ अर्ब ४७ करोड २२ लाख ६४ हजार लगानी भइसकेको छ,’ उनले भने, चालु आर्थिक वर्षमा मात्रै १८ वटा प्रहरी इकाई भवन निर्माणका लागि १० करोड ४४ लाख ८३ हजार रुपैयाँ तथा भवन संरचनागत सुधारतर्फ थप तीन करोड १३ लाख ६० रुपैयाँ विनियोजन गरिसकेका छौ।’

मन्त्री लामिछानेले न्युनतम आवश्यकता र पूर्वाधारको अभावमा पनि प्रहरीले काम गरिरहेको भन्दै त्यसको प्रशंसा गरे । सेवा प्रवेशमा घटदो दरको विविध कारण मध्ये न्युनतम आवस्यकता र पूवाधारको अभाव पनि हुनसक्ने भन्दै उनले त्यसलाई रोक्न प्रदेश सरकार गम्भिर रहेको पनि बताए ।पूर्वाधारको अभावमा सेवा प्रवाहमा, अपराध नियन्त्रण र शान्ति सुरक्षामा कुनै कमि नआओस भन्दै २०७५ सालदेखि नै प्रदेश सरकार मातहतमा नआएपनि प्रहरीको निरन्तर रुपमा भौतिक पूर्वाधारको स्तरोन्नतीमा काम गर्दै आएको उनले स्पष्ट पारे ।

२०७५ साल देखि २०८१ सालसम्म विभिन्न तहका ७१ वटा भौतिक संरचना निर्माणका लागि तीन अर्व ४७ करोड २२ लाख ६४ हजार निकासा भएको उनले जानकारी दिए । यस्तै मन्त्री लामिछानेले बागमती प्रदेश प्रहरी अस्पताललाई प्रदेश सरकारले प्राथमिकतमा राखेको बताए । अस्पतालको भौतिक संरचना निर्माणका लागि आवश्यक कुल लागतमध्ये एक तिहाई अर्थात १२ करोडमध्ये चार करोड रुपैयाँ हाल विनियोजन गरी उक्त योजनालाई बहुवर्षीय योजना अन्तर्गत प्रदेश सरकारले सहयोग गर्ने रणनिति बनाएको जानकारी दिए ।

अपराध नियन्त्रणमा सहयोगका लागी सोको लागी आवस्यक पर्ने किट सेट, सडक दुर्घटना न्युनिकरण र अनुसन्धानमा सहयोगका लागि सीसीटिभी क्यामेरा, मापसे, लापसे जाँच र अपराधमा प्रविधिको उच्च प्रयोगलाई मध्यनजर गर्दै डिजिटल फोरेन्सिक ल्याव निर्माणमा पनि प्रदेश सरकारले ध्यान दिइरहेको मन्त्री लामिछानेको भनाइ छ ।मन्त्री लामिछानले मकवानपुरको हटियामा निर्माण हुने प्रदेश प्रहरी अस्पताललाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*