अध्यक्ष कपको उपाधिका लागि वडा १० र ८ आमुन्ने सामुन्ने हुने

संवाददाता
१६ फाल्गुन २०८१, शुक्रबार १९:२६

मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १० र ८ प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा १० ले ७ लाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

१० नम्बरका लागि अनिल सिंतान र सागर बलले एक/एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा १० का खेलाडी साजन जिम्बा घोषित भए । आजै भएको दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर ८ फाइनल प्रवेश गरेको छ । वडा ८ ले ५ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

८ का खेलाडी बेबदुध नेगीले गरेको गोलनै निर्णायक गोल हुन् पुग्यो । नेगीनै खेलको म्यान अफ द म्याच भएको खेलकुद विकास समितिका संयोजक मोहन वाइवाले बताए । शनिबार विहान ८ बजे हुने फाइनल खेल वडा १० र ८ बीच हुनेछ । वडा १० दोस्रो अध्यक्ष कपको विजेता टिम समेत हो ।

गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । विजेता टिमले एक लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*