६ लाखभन्दा बढी मूल्यको अवैध सुनसहित हेटौँडाबाट एकजना पक्राउ

संवाददाता
१० फाल्गुन २०८१, शनिबार १५:४१

मकवानपुर प्रहरीले ४३.३८ ग्राम सुनसहित हेटौँडाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका– ५ का ३३ वर्षीय जसजोशी चौधरी रहेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ५१२९ नम्बरको बसलाई चेकिङको क्रममा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बसचालक चौधरीलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा अवैध सुन फेला परेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। उनका अनुसार बरामद सुनको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको छ।

सुनसहित पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*