साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा 

संवाददाता
१० फाल्गुन २०८१, शनिबार १९:२४

साबिक विजेता मच्छिन्द्र क्लब ७औँ संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा शनिबार जितत निकाल्दै मच्छिन्द्रले चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको छ ।

मच्छिन्द्रले चौथो संस्करणको विजेता टोली थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको हो । मछिन्द्रको जितमा शिशिर लेखी, समिराज थोकर, र विदेशी खेलाडी स्टेफेनले एक एक गोल गरे ।

यस्तै, थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । खेलको पहिलो हाफको ३७औँ मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो ।

तर, सम्हालिएर खेल्न नसक्दा थ्री स्टारले पहिलो हाफको ४२औँ मिनेट र दोस्रो हाफको छैठौं र ३७औं मिनेटमा गोल व्यहोर्न बाध्य भयो । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

अब, विजेता टोलीले उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

सोमबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*