मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने

संवाददाता
९ फाल्गुन २०८१, शुक्रबार २१:३४

मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले शुक्रबार २ जना प्रजिअको सरुवा गर्दा नवलपरासी पश्चिममा प्रजिअ रहेकी श्रेष्ठ मकवानपुर आउन लागेकी हुन् ।

यस्तै मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् । श्रेष्ठ मकवानपुरमा पहिलो महिला प्रजिअका रुपमा आउन लागेकी हुन् । उनको यो माइती जिल्ला समेत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*