बागमती गोल्डकप: आयोजकलाई हराउँदै बागमती युवा क्लबको विजय सुरुवात

संवाददाता
३ फाल्गुन २०८१, शनिबार १८:५२

सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १-० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ।

बागमतीको जितमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३औँ मिनेटमा निर्णायक गोल गरे। खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए। प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका तीन टिमको सहभागिता छ। आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्।

यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित सिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*