गोरु तस्करी प्रकरण : रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

संवाददाता
६ फाल्गुन २०८१, मंगलवार ०९:४६

हेटौँडा हुँदै भएको गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असइ) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ।

यसअघि प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमान्डमा चौकीको जिम्मेवारी दिइएको हो । गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित तीनजनालाई हटाएर अनुसन्धान अघि बढाइएको छ ।

सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुसवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो । उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई पाँच हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*