नाबालिका करणीको प्रयास गर्ने पुरुष प्रहरी नियन्त्रणमा 

संवाददाता
११ माघ २०८१, शुक्रबार १८:५५

नाै वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै हेटौँडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका– ९ स्थित प्रगति टोलका ५५ वर्षीय पुरुषले बालिकामाथि करणीको प्रयास गरेको भन्दै जाहेरी परेपछि उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

प्रहरीले पुरुषको पहिचान भने खुलाएको छैन । पीडित पक्षले बिहीबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडकविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले पीडितको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिसकिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*