राक्सिराङमा सोनाम ल्होछारको तीन दिन बिदा

संवाददाता
१३ माघ २०८१, आईतवार १८:४९

मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ।

तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो।

मञ्जुश्री संवत् २८६१ डुल लो/सर्प वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आइतबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक र सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्था बन्द रहने उनले बताए। उनले पालिकामा तामाङ बाहुल्य रहेकाले पर्व खुसियालीपूवर्क मनाउन तीन दिन बिदा दिएको स्पष्ट पारे।

अध्यक्ष मल्लले आफ्नो शुभकामना सन्देशमा यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने उल्लेख गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*